Posts

Showing posts from April, 2023

नेपाली अर्थतन्त्रको संरचनागत समस्या

 यो हप्ता अर्थ सचीव तोयम रायले एउटा कार्यक्रममा सरकारले अब सधैभरी सामाजिक सुरक्षा भत्ता वितरण गर्न सक्दैन भनेको विषयले आमनेपाली संचार माध्यममा चर्चा पायो। यो उनको व्यक्तिगत धारण नभई अहिले नेपाली अर्थतन्त्रमा देखिएको समस्याको स्विकारोक्तीको रुपमा लिन सकिन्छ । यसले अब नेपाल सरकारको राजस्वले सामान्य प्रशासनिक खर्च समेत धान्न मुस्किल भएको र कर्मचारीको तलब खुवाउन समेत ऋण लिनुपर्ने अवस्थाको चित्रण गरेको छ।  तथ्यांककै विश्लेषण गर्ने हो भने पनि चालू आर्थिक वर्षको आठ महिनामा सरकारले संकलन गरेको राजस्व भन्दा खर्च  १९६ अर्ब ४७ करोडले बढी भएको देखिन्छ भने यहीँ अवधिमा सरकारको खाता ८५ अर्ब ९२ करोडले ऋणात्मक भएको छ। यसले प्राबिधिक रुपमा सरकार टाट पल्टिएको देखिन्छ तथापि यहीँ अबधिमा विदेशी मुद्रा संचिति १० अर्ब ९६ करोड रहेकाले श्रीलंका जस्तै गरि टाट पल्टिएको भने होइन। अहिले यो किसिमको वित्तीय असन्तुलन देखिनुका कारण के के हुन त ? भन्ने प्रश्न अहिले विचरणीय बनेको छ। गत आर्थिक वर्ष र यो आर्थिक वर्षको सुरुवाती महिनासम्म नै अर्थतन्त्रको बाह्य क्षेत्रमा देखापरेका समस्याहरु  लाई सम्बोधन गर्...