Posts

Showing posts from July, 2023

मौद्रिक नीतिको समिक्षा

   गएको आर्थिक वर्ष नेपाली अर्थतन्त्रको लागि एकदमै चुनैतिपूर्ण रह्यो र समग्रमा आर्थिक मन्दीको सामना गर्नुपर्‍यो ।अर्थतन्त्रको बाह्य क्षेत्रमा देखापरेको चापलाई न्यूनीकरण गर्दै बाह्य क्षेत्र सन्तुलित बनाउन राष्ट्र बैंकले कसिलो मौद्रिक नीति अवलम्बन गरेसँगै आर्थिक वर्षको मध्यमा आइपुग्दा बाह्य क्षेत्रमा अपेक्षित सुधार त देखियो तर आन्तरिक अर्थतन्त्रले आफ्नो लय नै गुमाउनु पर्‍यो । कसिलो मौद्रिक नीति र आयातमा गरिएको कडाइले गर्दा सरकारको राजस्व वृद्धिमा ६ दशक यताकै गिरावट आयो भने तरलता अभाव र ब्याजदरमा भएको वृद्धिको कारण निजी क्षेत्रमा प्रवाह हुने कर्जामा संकुचन आयो। निजी क्षेत्रमा कर्जा प्रवाहको लक्ष्य १२.६ प्रतिशत राखिएको जम्मा ३ प्रतिशत मात्र कर्जा प्रवाह भयो। न्यून कर्जा प्रवाह , उच्च मुल्यवृद्धि  र समयमा  लक्ष्य अनुसार पुजीँगत खर्च नहुदा समग्र आन्तरिक मागमा कमि आइ अर्थतन्त्र शिथिल हुँदा आर्थिक वृद्धिदरको लक्ष्य ८ प्रतिशत राखिएको जम्मा २.१६ प्रतिशत हुने राष्ट्रिय तथ्यांक कार्यलयको अनुमान छ। साथै मुद्रास्फीतिलाई ७ प्रतिशत भित्र राख्ने लक्ष्य राखिएकोमा औसत मुद्रास्फीति ७.७ ...